सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – पानी र हिउँ परेपछि देशभरिकै तापक्रम घटेको छ । देशका विभिन्न ठाउँको तापक्रम आज शनिबारभन्दा ३ डिग्री सेल्यिससम्म घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैकाे तापक्रम आज २ डिग्रीले घटेको छ । काठमाण्डाैको आज बिहानको तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ ।
यसैगरी शनिबार माइनस शून्य दशमलव १ डिग्री सेल्सियस रहेको जुम्लाको आज बिहानको तापक्रम माइनस २ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।
शनिबार ९ डिग्री सेल्सियस मापन गरिएको पोखराको तापक्रम आज बिहान ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै शनिबार न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको आजको बिहानको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ ।
धेरै ठाउँको तापक्रम घटे पनि नेपालगञ्जकाे तापक्रम भने शनिबारभन्दा ५ डिग्री सेल्सियसले बढेको छ । हिजो न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको नेपालगञ्जकाे तापक्रम आज बिहान १४ दशमलव ४ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।
यसैबीच केही दिनदेखि वर्षा र हिमपात गराएकाे मौसमी प्रणाली कमजोर भएकाले आइतबार देशको उच्च पहाडी र हिमाली भेगबाहेक सबै ठाउँको मौसम सामान्यतया सफा नै रहने महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनु भयो ।
उच्च पहाडी र हिमाली भेगमा भने सामान्य खालको बादल लाग्ने सम्भावना छ तर पानी वा हिउँ पर्ने सम्भावना भने नभएको उहाँले बताउनु भयो । अबको एक, दुई दिन पानी पार्ने खालको मौसमी प्रणाली नदेखिएकाले मौसम सफा रहने उहाँको भनाइ छ ।