आजको मौसम : बदली हुने, पानी नपर्ने

 माघ २०, २०७६ सोमबार ८:२०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा सोमबार बिहानैदेखि माैसम सामान्य बदली भएको छ ।  

बाँकी ठाउँमा मौसम सफा करहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साेमबार दिउँसो पनि मध्य र पूर्वका केही ठाउँमा सामान्य बादल लागे पनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । 

अहिले कुनै पनि मौसम प्रणाली सक्रिय नरहेकोले  तत्काल पानी पर्ने सम्भावना नरहेको पनि अर्यालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया