पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई मुद्दा नचलाएकाे भन्दै सर्वोच्चले माग्यो अख्तियारसँग लिखित जवाफ

 फागुन २, २०७६ शुक्रबार १६:४४:१ | रासस
unn.prixa.net

काठमाण्डौ - सर्वोच्च अदालतले बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण पेश गर्न आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले शुक्रबार नेपाल र भट्टराईलाई भ्रष्टाचारको मुद्दा नलगाउनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको हो । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाइ गएकाे माग २९ गते वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा नेपाल र भट्टराईलाई ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको छानबिनको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको थियो ।  
    
अख्तियारले गएकाे माघ २२ गते १७५ जनाविरुद्ध सो जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्वप्रधानमन्त्रीद्वयलाई नीतिगत निर्णय भनेर उन्मुक्ति दिन नमिल्ने रिट निवेदनमा उल्लेख थियो । 

सरकारी जग्गा व्यक्तिका नाममा गर्ने निर्णय नीतिगत हुन नसक्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराईका साथै जग्गा फिर्ता गर्ने नवीन पौडेललाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग रिट निवेदनमा थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया