प्रतिनिधि सभा बैठक : सांसदले उठाएका प्रश्नकाे मन्त्रीले जवाफ दिने

 फागुन ८, २०७६ बिहिबार ९:५७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको बैठकमा बिहीबार सांसद्ले उठाएका प्रश्नको विभिन्न मन्त्रीहरुले जवाफ दिने भएका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयसम्बन्धी प्रश्न सोधिने र तिनको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी सार्वजनिक ऋण व्यवस्थापन विधेयक र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयकमाथि सम्बन्धित मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको शिक्षासम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, बीउ बिजन दोस्रो संशोधन विधेयक र बिरुवा संरक्षण पहिलो संशोधन विधेयक पारित गर्ने तयारी पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै शुक्रबार दिउँसो १ बजे बोलाइएको राष्ट्रिय सभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पनि पेस हुनेछ भने पारमाणविक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सम्बन्धित मन्त्रीले पेस गर्ने तयारी छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया