बलात्कारको आरोपमा कांग्रेस वडा सभापतिसहित २ जनालाई कैद सजाय

 फागुन २४, २०७६ शनिबार १९:१९:४० | चन्द्र थापा
unn.prixa.net

काठमाण्डाै - अछाम जिल्ला अदालतले छुट्टाछुट्टै बलात्कारका आरोपी २ जनाविरुद्ध कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ । 

गएको साउनमा एक महिलालाई बलात्कार गरेको आरोपमा पञ्चदेवल  विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजाय अदालतले सुनाएको हो ।  

फैसलाअनुसार रावलले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडित महिलालाई दिनुपर्ने अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिनुभयो । रावल नेपाली कांग्रेसको वडा सभापति हुन् । 

पीडित महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ । यस्तै,१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कैद सजाय सुनाइएको छ । 

साथै कुँवरले पीडित बालिकालाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलामा उल्लेख छ ।

गएको भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया