काेराेनाका कारण ठूला क्लब फुटबल प्रतियाेगिताहरु स्थगित

 चैत १, २०७६ शनिबार ७:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फैलँदो कोरोना भाइरसको जोखिमका कारण च्याम्पियन्स लिग, प्रिमियर लिग लगायत फुटबलका सबैजसो प्रतियोगिता स्थगित भएका छन् ।

यूरोपेली फुटबल महासंघ यूईएफएले च्याम्पियन्स लिगसहित यूरोपेली फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हाे । च्याम्पियन्स लिगका आगामी खेल आउँदो मंगलबार र बुधबार हुने तय थियो । यस्तै, यूईएफले च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र को कार्यक्रमसमेत स्थगित गरेको छ ।

जसअुनसार म्यान्चेष्टर सिटी र रियल म्याड्रिड, युभेन्ट्स र लियोन, बार्सिलोना र नापोली तथा बार्यन म्युनिख र चेल्सीको खेल स्थगित भएको हो । यस्तै इंग्लिस फुटबल लिगले इंग्ल्याण्डमा हुने प्रिमियर लिग, एफए कप, ईएफएल, महिला सुपर लिग, एफ ए महिला च्याम्पियनशिप लगायत सबै प्रतियोगिता आउँदो अप्रिल तीन तारिखसम्मका लागि सार्ने निर्णय गरेको छ ।

कोरोनाका कारण विभिन्न क्लबका खेलाडीमा संक्रमण देखिएकाले यस्तो निर्णय लिएको ईएफएलले जनाएको छ । ईएफएलले फुटबल एकेडेमी र युथ टिमको खेल तालिका पनि रद्द गर्न, आवश्यक काम बाहेक अरुबेला बाहिर ननिस्कन तथा खेलाडीको प्रशिक्षण, समर्थकसँगको भेटघाट लगायत बन्द गर्न पनि निर्देशन दिएको छ ।

इंग्ल्याण्ड र श्रीलंका तथा भारत र दक्षिण अफ्रिकाबीचको क्रिकेट शृंखला पनि रद्द भएको छ । यस्तै अब आईपीएल अप्रिल १५ बाट सुरु हुनेछ । यसअघि आईपीएल मार्च २९ बाट सुरु गर्ने तयारी थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया