पहिलो पटक पेपरलेस मन्त्रिपरिषद बैठक, प्रधानमन्त्री र मन्त्रीकाे हातमा म्याकबुक (फोटोफिचर)

 साउन १०, २०७५ बिहिबार १८:४७:२१ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार स्वचालित प्रणालीमा मन्त्रिपरिषद् बैठक (क्याबिनेट अटोमेसन सिस्टम) बसेको छ । 

मन्त्रिपरिषद बैठमका प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु म्याकबुक मात्रै लिएर उपस्थित भएका थिए । यसअघि डायरी र कलम लिएर मन्त्रिपरिषद बैठकमा उपस्थित हुने मन्त्रीहरु आज भने ल्यापटप लिएर बसेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको हो ।

अबदेखि बैठकमा प्रधानमन्त्री सहित सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तस्बिर – कृष्ण पौड्याल, प्रधानमन्त्रीको निजी सचिवालय
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया