१० लाख थान मास्कसहित एक जना पक्राउ

 चैत ५, २०७६ बुधबार १६:११:१७ | रासस
unn.prixa.net

काठमाण्डौ - अधिक मूल्यमा बिक्री गर्ने याेजनाले लुकाइराखेको १० लाख थान मास्क (मुखावरण) सहित गोरखाका युवराज न्यौपाने पक्राउ परेका छन् । प्रहरीकाे महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले सानो भर्‍याङबाट न्याैपानेलाई बुधबार पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाले कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको बताउनुभयाे । 

प्रहरी टोलीले मङ्गलबार राति सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर र काठमाण्डौ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको थियाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया