सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - सरकारले कोरोना भाइरसको जोखिम कम गर्न आवश्यक नपरेसम्म घरबाहिर नजान र २५ जनाभन्दा धेरै एक ठाउँमा भेला नहुन आग्रह गरेको छ ।
काेराेना भाइरसकाे सङ्क्रमणलाई मध्यनजर गर्दै माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित भएकाे छ भने विद्यालय क्याम्पस र विश्वविद्यालय बन्द भएका छन् । अन्तिम समयमा परीक्षा स्थगित हुँदा परीक्षाकाे तयारी गरिरहेका परीक्षार्थीमा असर पुर्याएकाे छ ।
यसले तुलनात्मक रुपमा धेरै संवेदनशील हुने बालबालिकालाई धेरै असर गर्छ । नियमित जस्ताे राम्राे नतिजा ल्याउने विद्यार्थी अझै प्रभावित भएका छन्। पढ्ने र पढाउने वातावाण रोकिँदा बालबालिकाले पढेका कुरा बिर्सने संभावना धेरै हुन्छ । यसले बालबालिकाको मनाेवल कमजोर बनाउछ भने उनीहरुमा धेरै आत्तिने, डराउने समस्या आउन सक्छ ।
यो असरलाई कम गर्न के गर्ने ?
- पढाइलाई रिभ्यू गराउने ।
- शिक्षकले विद्यार्थीलाई सान्त्वनाको साथै काउन्सेलिङ गरिरहने ।
- उनीहरुको अगाडि नकरात्मक कुरा नगर्ने (जस्तै : यत्रो मेहनत खेर गयो, तैले पढेको काम लागेन भनने जस्ता शब्दको प्रयोग नगर्ने ।)
- कसैले पनि तर्साउने तथा भयावह अबस्था आउन नदिने ।
- कुनै पनि खालको चिन्ता तथा तनाव दिने काम नगर्ने ।
घरमा अभिभावकले के गर्ने ?
- सबैभन्दा पहिला परीक्षा रोकिएको बालबालिकालाई धेरै मानसिक तनाव छ, त्यसैले यसलाई कम गर्ने कोसिस गर्ने ।
- तनाव हटाउनका लागि वातावरण सहज बनाइदिने ।
- मासिक तनाव हटाउनको लागि योग, ध्यान गर्ने, गीत सुन्ने, नाच्न लगाउने
- नकरात्मक कुरा गर्दैे नगर्ने ।
- समय तालिका (रुटिन) अभिभावकले नै बनाएर फलो गर्न लगाउने ।
- पढाइको साथ साथै उत्प्रेरित गर्ने खालको कुरा गर्ने ।
- जतिबेला पनि पढ पढ भनेर कर नगर्ने ।
- उनीहरुलाई एक दुई दिन रिल्याक्स हुन दिने, अनि बल्ल बिस्तारै पढाइमा ध्यान लैजाने ।
- भान्सामा खाना बनाउन लगाउने, उनीहरुलाई जे गर्न मन पर्छ हरेक दिन केही समय छुट्याएर त्यो काम लगाउने ।
- अनि पढेको कुरालाई हरेक दिन सम्झिन लगाउने ।
(साथी विना न्यौपानेले मनाेविद् डाक्टर गंगा पाठकसँग गरेको कुराकानीमा आधारित )