कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएकाहरु सम्पर्कमा आउन थाले

 चैत ११, २०७६ मंगलबार २०:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमित युवतीसँगै नेपाल आएकाहरु सम्पर्कमा आउन थालेका छन् । 

अहिलेसम्म एक सय जनाभन्दा धेरै सम्पर्कमा आइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार भाइरसको सङ्क्रमण भेटिएकी युवतीसँगै विमानमा एक सय ५८ जना थिए । 

उनीहरुमध्ये केही सम्पर्कमा आउन बाँकी छ । सम्पर्कमा आउन बाँकी रहेकाहरुको खोजी भइरहेको छ । 

फ्रान्सबाट गएको ४ गते  कतार हुँदै नेपाल आएकी युवतीको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेसन वार्डमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया