'अहिलेसम्म ६ सय १० जनाको नमुना परीक्षण भयो, ५ हजार २ सय ४१ पटक फोन आयो'

 चैत ११, २०७६ मंगलबार २०:५२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा अहिलेसम्म ६ सय १० जनाको मात्रै कोरोनाको नमुना परीक्षण भएको छ । त्यसमध्ये दुई जनालाई मात्रै कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि सुरुमा चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको र उनी उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

मङ्गलबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अर्का एक जना को रोमा सङ्क्रमितको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जनाएको छ । 

फ्रान्सबाट कतार ट्रान्जिट भएर फर्किएकी १९ वर्षकी युवतीको उपचार भइरहेको हो ।

यस्तै कोरोनाको आशङ्कामा अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १६ जना आईसोलेशनमा उपचाररत छन् । 

यस्तै कोरोनाबारे पाँच हजार दुई सय ४१ पटक फोन आएको पनि मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Sanjog nepali

    March 24, 2020, 9:41 p.m.

    कोरोना बारे ५२४१ फोन आएको भन्नुको मत्लब चाई बुझिएन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया