नागढुङ्गामा अलपत्र परेका घर फर्कन थाले

 चैत १२, २०७६ बुधबार १०:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सार्वजनिक गाडी नचलेपछि नागढुङ्गामा अलपत्र परेकालाई  प्रहरीले निजी गाडीमार्फत घर /गाउँ पठाउन थालेको छ ।

मङ्गलबार बिहान ६ बजेदेखि 'लकडाउन' भएपछि कुनै पनि सार्वजनिक गाडी चलेका छैनन् । तर घर/गाउँ जान हिँडेकाहरु बाटोमै अलपत्र परेपछि प्रहरीले केही निजी गाडीमार्फत उनीहरुलाई घर पठाउन थालेको हो ।

प्रहरीका अनुसार अहिले नागढुङ्गा नाकामा फाट्टफुट्ट निजी गाडी चलेका छन् । काम विशेषले हिँडेकालाई नरोकेको तर बराल्लिएर हिँड्नेलाई प्रहरीले सम्झाइ बुझाइ गरी फर्काएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया