इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
डोटी– डोटीमा तीन सय ११ जनालाई क्वरेण्टीनमा राखिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभएको छ ।
यस्तै डोटीका नौ वटै स्थानीय सरकार कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सक्रिय भएका छन् ।
विभिन्न १२ ठाउँमा क्वरेण्टीन बनाएर भारत तथा अन्य देशबाट आएकाहरुलाई राखेर उनीहरुको नियमित स्वास्थ्य जाँच थालिएको छ ।
भारतबाट आएकाहरु डोटीका बजार क्षेत्रभन्दा गाउँमा धेरै भएकाले त्रास फैलिएको छ । भारतबाट आएकाहरु क्वरेण्टीनमा नबसेका कारण गाउँलेहरु डराएका जोरायल गाउँपालिका वडा नम्बर ५ का डम्बर विष्टले बताउनुभयो ।
भारतबाट आएका कतिपय मानिस गाउँघरमै लुकेर बस्ने गर्दा सङ्क्रमण फैलिने चिन्ता बढेको छ ।
सङ्क्रमण नफैलियोस् भनेर बाहिरबाट आएकाहरुको अनुगमन, क्वेरण्टीनको व्यवस्था र स्वास्थ्य जाँचलगायतका कामलाई तीव्र बनाइएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताउनुभयो ।
कोरोना नियन्त्रणको लागि सुदूरपश्चिम प्रदेश सरकारले उपमहानगरपालिकालाई पाँच लाख, नगरपालिकालाई चार लाख र गाउँपालिकालाई तीन लाख रुपैयाँ विनियोजन गरेकोले स्थानीय सरकारलाई कोरोना नियन्त्रणमा सजिलो भएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।
जिल्लाबासीलाई सकेसम्म घरबाट बाहिर नजान र भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । यस्तै स्थानीय सरकारका जनप्रतिनीधि तथा कर्मचारीहरु पनि जनचेतना अभिवृद्धिको काममा लागिपरेका छन् ।
‘लकडाउन’को कारण बजारहरु सुनसान छन् । गाउँमा भने दैनिकी चलिरहेको छ ।
नियमित हात धुन, बाहिरबाट पछिल्लो समय आएकाहरुलाई अरु मानिससँग घुलमिल नहुन तथा ज्वरोलगायत स्वास्थ्यमा कुनै समस्या देखिए तत्काल स्वास्थ्य संस्था तथा स्थानीय सरकारलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।