सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सुनसरी - प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का शङ्कास्पद ५४ जनाको नमुना सङ्कलन गरिएको छ ।
प्रदेशका विभिन्न अस्पतालबाट अहिलेसम्म ५४ जनाको नमुना सङ्कलन भएको हो । नमुना सङ्कलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो ।
उहाँका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, तेह्रथुमबाट २, सङ्खुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २ जनाको को नमुना सङ्कलन गरिएको छ ।
यस्तै उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमुना सङ्कलन भएको छ ।
प्रदेश न १ बाट आजै ८ जनाको नमुना सङ्कलन गरिएको छ । मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जनाको नमुना सङ्कलन गरिएको प्रवक्ता डा. मेहताले बताउनुभयो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण सुरु भएपछि रिपोर्ट आउन छिटो भएको उहाँले बताउनुभयो ।
डा. मेहताका अनुसार प्रदेशभरिमा अहिलेसम्म कोरोना भाइरसका शङ्कास्पद १ सय १९ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५/५ जना रहेका छन् । अहिलेसम्म आइसोलेसनमा ३ पुरुषसहित ९ जना बिरामी भर्ना भएका छन् ।
ओखलढुङ्गा, उदयपुर र पाँचथर २/२ जना महिला र सोलुखुम्बु, पाँचथर र ताप्लेजुङबाट १/१ जना पुरुष आइसोलेसनमा भर्ना भएका हुन् । प्रदेश १ का ४३ अस्पतालले ३ सय ८५ आइसोलेसन बेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताउनुभयो ।
उहाँका अनुसार प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा बुधबार १ हजार २ सय ४६ जना बिरामी आएको डा. मेहताले बताउनुभयो ।
बुधबार प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, पालिका, सुरक्षा निकाय तथा अस्पतालहरुलाई ५ सय ७ थान व्यक्तिगत सुरक्षा सामाग्री वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।