सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - ‘लकडाउन’का अवधिमा वितरण गरिने खाद्य तथा दैनिक उपभोग्य वस्तुसम्बन्धी राहत सामग्री वितरणमा मापदण्ड बनाइने भएको छ ।
मजदुर तथा विपन्न वर्गका उपभोक्तालाई अत्यावश्यक खाद्यवस्तु एकै किसिमको मापदण्ड बनाइ उपलब्ध गराइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बुधबार उद्योग तथा वाणिज्य मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा उद्योग मन्त्री लेखराज भट्ट, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीका साथै काठमाण्डौ, ललितपुर र मध्यपुरथिमि नगरपालिकाका प्रमुखहरु सहभागी थिए ।
बैठकले काठमाण्डौ उपत्यका र बाहिरका पालिकाले एकै मापदण्ड अनुसार दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण गर्ने निर्णय गरेको हो ।