सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - सरकारले सोमबार महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्रबैंकको गभर्नरमा नियुक्त ग¥यो ।
राष्ट्र बैंकका हालका बरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई पछि पार्दै अधिकारी नोटमा हस्ताक्षर गर्ने पदमा पुग्नुभयो । रमाइलो कुरा त महाप्रसाद अधिकारीलाई गभर्नर बनाउन अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि कन्भिन्स गराउन सक्नुभयो ।
किनकि ओलीको सुरुको चाहना वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई नै गभर्नर बनाउने थियो । सरकारको यो निर्णयसँगै महाप्रसाद अधिकारीले पाँच वर्षअघि फुत्केको पदमा शानदार ‘कमब्याक’ गर्न सफल हुनुभएको छ ।
‘मन्त्रीपरिषद्को बैठकमा पनि हाँसो भयो, खतिवडा जी ले प्रधानमन्त्रीलाई कन्भिन्स गराउन सक्नुभएछ भन्ने प्रष्टै देखिन्थ्यो’, एक मन्त्रीले उज्यालो अनलाइसँग भने ।
नेपाल राष्ट्र बैंक अधिकारीको लागि नौलो थलो होइन, किनकि उहाँले ३० वर्ष राष्ट्र बैंकमै बिताउनुभएको छ । महाप्रसाद अधिकारी कार्यकारी निर्देशक हुँदै डेपुटी गभर्नरसम्म पुग्नुभएको थियो । पाँच वर्ष अघि पनि गभर्नरको लागि उहाँशर्टलिस्टमा पर्नुभएको थियो । तर चिरिञ्जिवी नेपालले उहाँलाई पछि पार्नुभयो ।
२०७२ सालको पुसमा नेपाल राष्ट्र बैंकबाट अवकास पाउनुभएका अधिरकारी २०७३ सालको असारमा लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त हुनुभयो । लगानी बोर्डमा रहँदा अधिकारीले २ पटक भव्यताका साथ नेपाल लगानी सम्मेलन गराउनुभयो, वैदेशिक लगानी भित्राउन केहि काम गरेपनि मनग्य लगानी भने भित्रन सकेको छैन् ।
नेपाल राष्ट्रबैंकका पूर्व गभर्नर र अहिलेका अर्थमन्त्री युवराज खतिवडाका विश्वासपात्र र खतिवडाको सफलताका मुख्य पात्रका रुपमा अधिकारी चिनिनुहुन्छ । ३० वर्ष राष्ट्रबैंकमा रहँदा अधिकारीले संस्थागत सुशासनलाई धेरै महत्व दिनुभएको थियो भने बैंक तथा वित्तिय संस्थाको सुपरिवेक्षणको लागि कडा नियमहरु बनाउन पनि अधिकारीकै हात थियो ।
भारतमा चाटर्ड एकाउन्टेन्सी सीए गरेका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाटबिजनेश एडमिन्ट्रेसनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ ।
२६ वर्ष नेपाल राष्ट्र बैंकमा बिताएका अधिकारीलाई सफल गभर्नर बन्ने मौका छ । तर कोरोनाको महामारीले विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि कमजोर हुने पूर्व संकेत देखिएको बेलामा गभर्नरमा नियुक्त हुनुभएका अधिकारीलाई अवसरसँगै चुनौती पनि मनग्य देखिन्छन् ।
dhurba raj khanal
April 6, 2020, 8:17 p.m.राम्राे काम गर्दै जानू हाेला शुभकामना छ