सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण भएका बिरामीलाई उपचार गर्न निक साइमन्स इन्सटिच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटरहरु उपलब्ध गराएको छ ।
इन्सटिच्युटका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई मंगलबार सिंहदरबारमा रहेको मन्त्रालयमा १० थान भेन्टिलेटर उपलब्ध गराउनुभएको हो । इन्सटिच्युटले यसअघि पनि विभिन्न ४७ वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा १ हजार थान पीपीई सेट उपलब्ध गराएको थयो ।
भेन्टिलेटर हस्तान्तरण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणबाट सिकिस्त भएका बिरामीको ज्यान जोगाउन भेन्टिलेटरले सहयोग पुर्याउने बताउनुभयो ।
त्यस्तै पोर्टेबल भेन्टिलेटर बुझ्दै मन्त्री ढकालले संकटका बेला उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो । उहाँले उपलब्ध भेन्टिलेटरहरु मध्ये २ थान सुदुरपश्चिम प्रदेशमा, २ थान गण्डकी प्रदेश, २ थान बुटवलमा पठाउने र ४ थान काठमाडौं मै जगेडामा राखिने बताउनुभयो ।
जगेडामा राखिएका भेन्टिलेटरहरु आवस्यकता परेको ठाउँमा पठाउने व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो । भेन्टिलेटर आफैँ सास फेर्न नसक्ने बिरामीलाई सास फेर्न मद्दत गराउने मेसिन भएकाले कोरोना भाइरसको सङ्क्रमण भएका विरामीलाई उपचार गर्न महत्वपूर्ण हुन्छ ।