सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
कास्की - कास्कीका विभिन्न पालिकाले सञ्चालन गरेको क्वरेण्टीनमा रहेका ३६ जनालाई घर पठाइएको छ ।
गण्डकी प्रदेश सरकारको मातहतमा रही बनाइएका क्वरेण्टीनमा बसेकाहरुमा कोरोना भाइरसको कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको हो ।
विदेशबाट आएका १६ जनालाई पोखराको मालेपाटनमा रहेको कृषि तालिम केन्द्रको क्वरेण्टीनमा राखिएको थियो । त्यसैगरी रुपा गाउँपालिकाको क्वरेण्टीनमा २० जना रहेका थिए ।
१४ दिनसम्म क्वरेण्टीनमा राख्दा पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि आ-आफ्नो घर पठाइएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
उनीहरुलाई अझै एक हप्ता होम क्वरेण्टीनमा बसेर चिकित्सकको सल्लाह लिन आग्रह गरिएको शर्माले बताउनुभयो । उहाँले होम क्वरेण्टीनमा बसेकाहरुमा पनि सङ्क्रमणको लक्षण नदेखिएको जानकारी दिनुभएको छ ।
खाडी र मलेसियामा बिहीबारको कोरोना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ३९ पुग्यो, ५ जना निको भए, ३४ जना अस्पतालमा |