धादिङमा १ हप्ताको लागि ढुवानी प्रतिबन्ध

 बैशाख ३, २०७७ बुधबार १७:५०:४ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङ जिल्लामा वैशाख ४ गतेदेखि १० गतेसम्म बाहिरी जिल्लाबाट हरियो तरकारी तथा फलफुल र खाद्यान्न ल्याउन प्रतिबन्ध गरिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तथा रोकथामका लागि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज बसेको बैठकले ढुवानी तथा पसल संचालनमा प्रतिबन्ध लगाएको हो ।

बैठकले १० गतेसम्म जिल्लामा रहेका पसल, बैंक तथा वित्तीय संस्थाहरु, इन्स्योरेन्स कम्पनीहरु र यातयात पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।  औषधी पसलहरु भने भौतिक दूरी कायम गरी सन्चालन गर्ने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले जानाकारी दिनुभएको छ ।

उहाँले जिल्लालाई आवश्यक पर्ने खाद्यान्न तत्कालका लागि स्टक भएको बताउँदै ढुवानी तथा ओसारपसार नगर्न जिल्लाका सबै खाद्यान्न व्यवसायीलाई समेत आग्रह गर्नुभएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा कोरोना भाइरसको द्रुत परिक्षण (र्‍यापिड टेष्ट) गर्दा एक जना युवामा कोरोना भाइरसको संक्रमण देखिएकोले यस किसिमको बन्देज लगाइएको हो । यसैगरि ज्वालामुखी गाउँपालिकामा आवत जावतमा समेत बन्द गराइएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया