म्यान्चेष्टर सिटीको प्रभावशाली जित

 साउन १३, २०७५ आइतबार १२:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत जर्मन क्लब बायर्न म्युनिकविरुद्धको खेलमा म्यान्चेष्टर सिटीले ३–२ को प्रभावशाली जित निकालेको छ ।

फ्लोरिडाको हार्ड रक स्टेडियममा भएको खेलमा सिटीले २–० ले पछि परेको स्थितिमा तीन गोल फर्काएको थियो । १४औं मिनेटमा मेरिटान शबानीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा बायर्नले आर्यन रोब्बेनको गोलबाट २–० को अग्रता बनायो ।

पहिलो हाफको इन्ज्युरी समयमा बर्नाडो सिल्भाले गोल गरेपछि म्यान्चेष्टर सिटी खेलमा फर्किएको थियो । पहिलो हाफको खेल बायर्नको पकडमा रहेको थियो । तर दोस्रो हाफमा भने म्यान्चेष्टर सिटीको प्रभाव देखियो ।

५१औं मिनेटमा लुकास मेचाले सिटीका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । ७०औं मिनेटमा बर्नाडो सिल्भाले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यान्चेष्टर सिटीले जर्मन च्याम्पियनलाई ३–२ ले हरायो ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया