उदयपुरमा सय जनाको कोराेना रिपाेर्ट 'नेभेटिभ', ३५ जनाको रिपाेर्ट आउन बाँकी

 बैशाख ५, २०७७ शुक्रबार ९:५७:३० | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – कोरोना भाइरस (कोभिड १९) काे आशङ्का गरिएका ११ महिलासहित सय जनाकाे परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न क्वरेण्टीनमा रहेका एक सय ३५ जनामध्ये सय जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

रिपोर्टमा र्‍यापिड डायग्नाेस्टिक टेस्ट (आरडीटी) किट मार्फत ५७ जना र पीसीआर (स्वाब नमुना सङ्कलन) विधिद्वारा ४३ जनामा कोरोना नेगेटिभ देखिएको छ । जसमा आरडीटीमार्फत चार महिला र पीसीआरमार्फत सात जना महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जाँच गरिएकामध्ये त्रियुगा नगरपालिकाका ४१ जना, चौदण्डीगढी नगरपालिकाका ११ जना, रौतामाई गाउँपालिकाका आठ जना, कटारी नगरपालिकाका २६ जना, बेलका नगरपालिकाका १० जना र लिम्चुङबुङ गाउँपालिकाका चार जनाकाे काेरोना रिपोर्ट नेगेटिभ आएको छ ।

पीसीआर विधिद्वारा ३५ जनामध्ये त्रियुगा नगरपालिकाबाट १२ जना भारतीय नागरिकसहित २५ जना, चौदण्डीगढी नगरपालिकाबाट दुई जना, रौतामाई गाउँपालिकाबाट पाँच जना र बेलका नगरपालिकाबाट तीन जनाको रिपोर्ट आउन बाँकी रहेकाे जनस्वास्थ्य अधिकृत सुवेदीले जानकारी दिनुभयाे । यस्तै पीसीआर र आरडीटी विधिबाट ३४ जनाको जाँच गरिएकोमा १० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

आरडीटी प्रविधि नै निर्णायक नभएकाे बताइए पनि नेपाल सरकारले यस प्रविधिमार्फत प्रारम्भिक कोरोना परीक्षण गरिरहेको छ ।

उदयपुरमा अहिले विभिन्न क्वरेण्टीनमा ८० जना छन्, त्यस्तै ३० जना घर फर्किएका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्तामा थप २५ बेडको क्वरेण्टीन निर्माण गरिएसँगै चार सय पाँच क्वरेण्टीन बेड पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • बिकाश बन्जारा

    April 17, 2020, 12:45 p.m.

    खबर सुनेर खुसी लाग्यो ।

  •  0 Reply
  • Dhanraj shahi

    April 17, 2020, 10:17 a.m.

    हेलाे सरकार । यदि RDT (रापिड डायाेनिस्टिक टेस्ट ) भरपर्दाे प्रबिध हाेईन भने किन कराेडाै खर्च र स्वस्थ्यकर्मिलाई अनाबश्यक दुख भयन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया