सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अर्घाखाँची - भारतीय सिमानामा अलपत्र परेका किरियापुत्री र उनका छोरासहित २ जनालाई पाणिनि गाउँपालिकाले उद्धार गरेर आफ्नो घरमा ल्याई किरिया बस्ने व्यवस्था गरेको छ ।
लकडाउनका कारण २२ दिनदेखि सुनौली नाकामा रोकिएका पाणिनि गाउँपालिका वडा नम्बर ४, पटौटीको निगालीका धनीश्वर विकलाई बावुको मृत्यु भएपछि किरिया गर्न उद्धार गरी ल्याइएको हो ।
उनका बाबु उदयबहादुर विकको ८ गते राति मृत्यु भएको थियो । एक्लो छोरा पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेश सरकारसँग समन्वय गरेर उद्धार गरेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताउनु भयो ।
आरडीटी र स्वाब परीक्षण सबै गराएर सबै रिपोर्र्ट नेगेटिभ देखिएपछि घरमै सेल्फ क्वरेण्टीनमा राखेर किरिया बस्ने व्यवस्था गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
बाबुको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका उहाँ किरिया गर्न आउँदा खुशी हुनुहुन्छ । रोजगारीका लागि भारत गएका बाबुछोरा भारतमा लकडाउन भएपछि घर आउन हिँडेका र २२ दिनदेखि सिमानामा अलपत्र परेका थिए ।