इलाममा विस्फोटक पदार्थसहित विप्लव समूहका जिल्ला इञ्चार्ज र कार्यकर्ता पक्राउ

 बैशाख २३, २०७७ मंगलबार १४:१८:१७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाका इलाम जिल्ला इञ्चार्जसहित तीन जना इलाममा पक्राउ परेका छन् । 

इलामको माई नगरपालिका–९ मा इञ्चार्ज पुष्प कोइरालासहित दुई कार्यकर्ता जनम भनिने पासाङ्ग शेर्पा र सौरभ भनिने पासाङ्ग तामाङ्गलाई विस्फोटक पदार्थ सहित पक्राउ गरिएको हो । 

इञ्चार्ज कोइरालासँगै ताप्लेजुङ लिकुखोला घर भएका २४ वर्षीय शेर्पा र उदयपुरका १९ वर्षीय तामाङलाई नेपाल प्रहरीको विशेष सुराकीको आधारमा शसस्त्र प्रहरीसमेतको टोलीले सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

उनीहरूको साथबाट विष्फोटक पदार्थ तथा त्यसका लागि प्रयोग हुने सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनु भयो । 

उहाँका अनुसार, उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकी बम एक थान, पाइपमा फिट गरिएको बम एक थान, डेथ कर्ड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका विस्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ । 
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया