प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश, ८० लाखभन्दा बढी नागरिक गरिब

 जेठ १३, २०७५ आइतबार १९:१२:४५ | उज्यालो सहकर्मी

काठमाडौं, जेठ १३ – सरकारले चालू आर्थिक वर्षको समग्र आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आइतबार प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक वर्षको पहिलो ८ महिनाको आर्थिक स्थितिको मूल्यांकनसहितको आर्थिक सर्वेक्षण पेश गर्नु भएको हो ।

आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षमा ५ दशमलव ५९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री खतिवडाले प्रतिव्यक्ति आय १ हजार ४ डलर पुग्ने अनुमान पनि गरिएको बताउनुभयो । आर्थिक सर्वेक्षणले मुलुकमा अहिले पनि ८० लाखभन्दा बढी नागरिका गरिबीको रेखामुनि रहेको पनि औंल्याएको छ ।

आर्थिक सर्वेक्षणमा राजस्वको वृद्धि सन्तोषजनक रहेको, देशका सबै ठाउँमा बैंक तथा वित्तिय संस्थाहरुको पहुँच पुर्‍याउने काम भएको पनि उल्लेख गरिएको छ । अर्थमन्त्री खतिवडाले मूल्य वृद्धिमा चाप पर्न थालेको बताउँदै सरकारी खर्च बढन भई बजेट घाटा बढन थालेको पनि स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले पेश गर्नुभएको आर्थिक सर्वेक्षणमा सेयर बजारस्थिरता उन्मुख रहेको दावी समेत गरिएको छ । सरकारले आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । त्यस अघि सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्ने परम्परा रही आएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया