प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ६, २०७७ मंगलबार ११:२३:२५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ मा म‌ंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । साेमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

कपिलवस्तुमा पनि मंगलबार थप ४ जनामा कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरिसकेको छैन ।

यसअघि मन्त्रालयले  सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको थियो। सोमबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै मन्त्रालयले सङ्क्रमितको आधिकारिक सङ्ख्या ३७५ पुगेको जनाएको छ । मन्त्रालयले पुष्टि गर्न बाँकी भए पनि मंगलबार सङ्क्रमितको संख्या १५ जना थपिएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया