'नेताकाे घरघरमा नक्सा पुर्‍याउँदै हिँड्ने सस्ताे लाेकप्रियतावादी काम छाेड्नाेस्'

 जेठ ११, २०७७ आइतबार १५:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा पछिल्लाे समय काेराेना भाइरसकाे सङ्क्रमण बढ्दै गइरहेकाे छ । अहिलेसम्म पाँच सय ८४ जनामा सङ्क्रमण पुष्टि भएकाे छ । 

यही सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले काेराेना राेकथाम तथा नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएकाे छ । 

आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष थापाले अहिलेकाे समय लाेकप्रिय कमाउने नभइ काेराेना नियन्त्रणकाे बारेमा लाग्नुपर्ने बताउनुभएकाे हाे । 

उहाँले ट्विटरमा लेख्नुभएकाे छ, 'नेताहरुकाे घरघरमा नक्सा पुर्‍याउँदै हिँड्ने सस्ताे लाेकप्रियतावादी काम छाेड्नाेस् । काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् ।' 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया