'लकडाउन'काे कारण गुजरातमा मात्रै ३० हजार विवाह स्थगित

 जेठ १४, २०७७ बुधबार २०:५९:३० | रासस
unn.prixa.net

काठमाण्डौ – विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (काेभिड–१९) काे कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् । 

कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो । पछिल्लो दुई महिनामा मात्रै यति धेरै वैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् ।

‘गुजरात प्रदेशभरिमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित भएका छन्,’ होटल तथा रेस्टुरेन्ट एसाेसिएशन गुजरातका प्रवक्ताले भने । प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै विवाहका धेरै कार्यक्रम हुने महिना भए पनि धेरै विवाह स्थगित भएका छन् । तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् । 

सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै वैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ ।  सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भए पनि वैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाइ छ । 

‘मानिसहरुले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको समयको प्रतिक्षा गरेका छन्, अब डिसेम्बर र जनवरीमा मात्रै विवाह हुन सक्ने देखिएको छ,’ एक व्यवसायीले भने । 

सरकारले लागू गरेको मापदण्ड पूरा गरेर मात्रै विवाह गर्न निकै कम जोडीले मात्रै गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतिक्षा नै गरेको पाइएको छ ।  

आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्यून सहभागिता भएको कसले चाहन्छ र ? त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतिक्षा गरेको हुनसक्ने वैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया