सरकारकै मूल्यांकनमा सरकारको सय दिन

 जेठ १४, २०७५ सोमबार ६:४५:४२ | उज्यालो सहकर्मी

सरकारले आफ्नो सय दिनमा महत्वपूर्ण उपलब्धि हासिल भएको दावी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार सय दिनको उपलब्धि सार्वजनिक गरेको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनका महत्वपूर्ण उपलब्धि’ शीर्षकमा ८८ वटा बुँदा उल्लेख गरिएको छ ।

यसबीचमा संघीयता कार्यान्वयन, कानुन निर्माण, कृषि, अर्थ, उर्जा, उद्योग, श्रम तथा रोजगार, पूर्वाधार, पर्यटन, सामाजिक विकास, स्वास्थ्य, शान्ति र स्थायीत्व, शासकीय सुधार र परराष्ट्र सम्बन्धका विषयमा महत्वपूर्ण काम भएको सरकारको दावी छ ।

समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यका साथ सुरु भएको कामलाई महत्वपूर्ण उपलब्धिको रुपमा राखिएको छ । यस्तै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, यातायातको सिन्डिकेट अन्त्य, सुन तस्करी काण्डका अभियुक्त पक्राउ, औधोगिक क्षेत्रमा लोडसेडिङ मुक्त हुनुलाई पनि सरकारले महत्वपूर्ण उपलब्धि भएको मूल्यांकन गरेको छ ।

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गर्नु, बागलुङ, सिरहा, बारा, लुम्बिनी लगायतका ठाउँमा भ्रमण गर्नुलाई पनि सय दिनको उपलब्धिको रुपमा राखिएको छ ।

सरकारले सार्वजनिक गरेको सय दिनको उपलब्धि हेर्न यहाँ क्लिक गर्नुहोस् । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया