इलाम र बझाङका मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
बैशाख १५, २०८१ शनिबार
काठमाण्डौ – सरकारले क्वरेण्टीनकाे व्यवस्थापन राम्रो हुन नसक्दा काेराेना भाइरस सङ्क्रमणकाे चुनौती थपिँदै गएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले सङ्क्रमण तथा ज्यान जाने क्रम बढेकोमा सरकार गम्भीर भएको र क्वरेण्टीन व्यवस्थापनको विषयलाई लिएर चिन्तित भएको बताउनुभयो ।
क्वरेण्टीनमा हुनुपर्ने स्वास्थ्य सेवाको लागि मन्त्रालयले समवन्वय गरिहरेको र अन्य व्यवस्थापनको लागि पालिका र प्रदेशले थप काम गर्नुपर्ने प्रवक्ता देवकाेटाले बताउनुभयो ।
क्वरेण्टीनमा जानुअघि र रहेका बेला स्वास्थ्य परीक्षण राम्रो हुन जरुरी रहेको, दीर्घरोगी र अन्य रोगी भएमा उनीहरुको विशेष ख्याल गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तै सरकारले कोरोना परीक्षणको सङ्ख्या बढाउन अटोमेटिक मेसिन र पीसीआर मेसिन थप्ने अन्तिम तयारी गरेको छ । अबको केही दिनमै अहिले जाँच भएका ठाउँमा परीक्षण मेसिन थपिने प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो ।