काठमाण्डाै विश्वकै प्रदूषित शहर बन्याे
बैशाख १४, २०८१ शुक्रबार
सुर्खेत – कर्णाली प्रदेशमा शनिबार एकैदिन थप ९८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या पाँच सय ८७ पुगेको छ ।
शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३८, सुर्खेतका नौ, जाजरकोटका चार, दैलेखका ४६ र डोल्पाका एक जनामा कोरोना सङ्क्रमण देखिएको समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार सल्यानमा देखिएका सबै बनगाड कुपिण्डे नगरपालिकाका हुन् । जाजरकोटका सबै बारेकोट गाउँपालिकाका, सुर्खेतको भेरीगङ्गाका चार जना, वीरेन्द्रनगरका एक जना, पञ्चपुरी नगरपालिकाका तीन जना र गुर्भाकोट नगरपालिकाका एक जना रहेका छन् ।
यस्तै दैलेखको दुल्लु नगरपालिकाका तीन जना, महाबु गाउँपालिकाका पाँच महिनाको बालकसहित ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
डोल्पाको जगदुल्ला गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ । उहाँको मृत्यु भइसकेपछि काेराेना पुष्टि भएकाे हाे ।