मिथिलाञ्चलमा १५ दिने मधुश्रावणी सुरु, बेहुलीको खुट्टामा पोलेपछि समापन हुन्छ पर्व

 साउन १७, २०७५ बिहिबार १९:४३:१२ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता महिलाहरुले मनाउने मधुश्रावणी पर्व बिहीबारदेखि सुरु भएको छ ।

साउन शुक्ल पञ्चमी तिथिका दिनदेखी सुरु हुने मधुश्रावणी पर्व १५ दिनसम्म पतिको चिरायुको कामना गर्दै मनाईन्छ ।

मधुश्रावणी पर्वको पहिलो दिन बिहीबारदेखि फुललोढी सुरु भएको छ ।

मधुश्रावणी पर्वमा शिव र पार्वती तथा नाग देवताको पूजा गर्ने चलन छ । नवविवाहिताहरुले माटोको नागदेवता बनाई १५ दिनसम्म समूहमा गीत गाउँदै गई फुलपात टिपेर साँझ र विहान पूजा गर्ने गर्दछन् । 

यस क्षेत्रमा यो पर्वको अति नै महत्व रहेको मधुश्रावणी पूजा गराउँदै आएकी जनकपुरकी कुम्दिनी झाले बताउनुभयो ।

प्रायः  ब्राह्मण, कायस्थ र सोनार जातीका नवविवाहिताहरुले यो पर्व पतिको दिर्घायुको कामना गर्दै मनाउने गर्दछन् ।
 
साउन शुक्ल पञ्चमी तिथिका दिनदेखि मधुश्रावणी शुरु भई १५ दिन पछि कृष्ण पक्षको पञ्चमी तिथिका दिन सम्पन्न हुने गर्दछ ।

यो १५ दिनको अवधीमा पहिलो पञ्चमीलाई मैनापञ्चमी र अन्तिम पञ्चमीलाई मधुश्रावणी भन्ने गरिन्छ । 

१५ दिनसम्म गौरीशंकर र नागदेवताको पूजा गरेपछि अन्तिम दिन ‘टेमी’ कपासको बत्तीले बेहुलीको घुँडा र खुट्टाको पञ्जामा पोलेर ‘मधुश्रावणी’ पर्वको अन्त्य हुन्छ । 

बत्तीले पोलेपछि बेहुलीको खुट्टामा फोका आउँदा उसको वैवाहिक जिवन राम्रो हुने धार्मिक जनविश्वास रहिआएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया