६ हप्ताको सुत्केरी बिदापछि काममा फर्किइन् न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा

 साउन १७, २०७५ बिहिबार २०:१:५६ | एजेन्सी
unn.prixa.net

न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ६ हप्ता लामो सुत्केरी बिदापछि काममा फर्कनुभएको छ । 

अठतीस वर्षीया आर्डर्न गएको जुन महिनामा छोरी निभलाई जन्म दिएपछि सुत्केरी बिदामा बस्नुभएको थियो । उच्च राजनीतिक पदमा हुँदा बच्चा जन्माउने उहाँ दोस्री नेत्रृ हुनुहुन्छ । बिदामा बस्दा उहाँले विन्स्टन पिटर्सलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । 

बिदापछि काममा फर्किँदा राष्ट्रपति आर्डनले देशका जनता, आफ्नो टोली र कार्यवाहक प्रधानमन्त्रीको सहयोगले गर्दा आफू छोरीसँग बस्न पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । 
आर्डर्नलाई काम गर्न सजिलो होस भनेर छोरीको हेरचाह अब उहाँका प्रेमी तथा टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डले गर्ने बीबीसीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया