सांसदलाई ज्यान मार्ने धम्की दिएको घटनामा ९० जना पक्राउ

 साउन १८, २०७५ शुक्रबार ७:२:३० | उज्यालो सहकर्मी

काठमाडौं – नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेर्साएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले ९० जनालाई पक्राउ गरेको छ ।

बिहीबार दिनभरीमा शंकास्पद ९० जना पक्राउ परेका बानेश्वर प्रहरीले जनाएको छ । पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

उनीहरुलाई वृत्तमै राखेर सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि सादा र पोषाकसहितका प्रहरी खटाइएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया