सिरहा : ५ लाख घुससहित २ जना पक्राउ

 असार ३१, २०७७ बुधबार २०:५३:३० | आशिष विश्वकर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिरहा – कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित दुई जना पाँच लाख घुससहित अख्तियारको फन्दामा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान नगरपालिका २२ भोटियाटोल नजिकैको एक पेट्रोल पम्पबाट मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई बुधबार अपराह्न घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

कल्याणपुरका मेयरले विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको पाँच लाख घुस लिन छोरालाई पठाएको बेला अख्तियारकाे टोलीले नियन्त्रणमा लिएको हाे । 
प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया