ढुंगा लागेर सैनिक जवानको मृत्यु

 साउन २०, २०७५ आइतबार १९:३५:२१ | जयराज अवस्थी

बैतडी – ढुंगाले लागेर एक सैनिक जवानको जयान गएको छ ।

बिदामा घर आएका दोगडाकेदार गाउँपालिका–४, का ३० वर्षीय नारायणदत्त भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला माथि भीरबाट खसेको ढुंगाले लागेर भट्टको ज्यान गएको उहाँले बताउनुभयो । दिउँसो पौने १ बजेतिर पाइप जोडिरहेका बेला मुहानको माथिबाट खसेको ढुंगालेको भट्टको टाउकोमा लागेर घटनास्थलमै उहाँको ज्यान गएको बताइएको छ ।

भट्ट नेपाली सेनाका चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत हुनुहुन्थ्यो । भट्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया