विदेशको दुःख र पैसाको महत्व बुझेपछि फेरियो आचार्य गाउँ (भिडियाे सहित)

युवा विदेश गएपनि गाउँ चाहिँ हराभरा छ । तर विदेशको कमाइले होइन । विदेश जानेका श्रीमती आमाबुवा र परिवारका सदस्यले आफैं आचार्य गाउँ हराभरा बनाएका हुन् ।

 जेठ १५, २०७५ मंगलबार १५:११:३२ | सन्जिता देवकोटा
unn.prixa.net

खोटाङको दिक्तेल बजारबाट पूर्वपट्टी पर्छ आचार्य गाउँ । यो गाउँबाट ६० जना भन्दा धेरै युवा काम खोज्दै विदेश गएका छन् ।

युवा विदेश गएपनि गाउँ चाहिँ हराभरा छ । तर विदेशको कमाइले होइन । विदेश जानेका श्रीमती आमाबुवा र परिवारका सदस्यले आफैं आचार्य गाउँ हराभरा बनाएका हुन् । 

भिडियाे हेर्नुहाेस् 

विदेशमा हुनेका श्रीमती आमाबुवा र परिवारका अरु सदस्य आचार्य गाउँ बनाउन आफैं लागि परेका छन् । सुरक्षित आप्रवासन परियोजना सामीले वित्तीय साक्षरता कक्षा सञ्चालन गरेपछि आचार्य गाउँका सबैजसो महिलाका आर्थिक कारोबार गर्ने तरिका फेरिएका छन् ।

घरव्यवहार चलाउन केही न केही व्यवसाय गरिरहेका छन् । विदेश सुखदुःख गर्नेको पैसा बचत भएको छ । आचार्य गाउँबाट विदेश जानेका परिवारले खेतबारी र गाइबस्तुबाटै आफ्नो खर्च आफैं पुर्‍याएका छन् ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया