कालीकोट पहिरो अपडेट : बेपत्ता ६ जनाकै शव भेटियो

 साउन ३०, २०७७ शुक्रबार ९:४७:४४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटको महाबै गाउँपालिका-३ नकुमा पहिरो जाँदा बेपत्ता ६ जनाको शव भेटिएको छ । 

बिहीबार राति वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका १३ वर्षका छोरा पुष्प विष्ट, ११ वर्षका प्रविन विष्ट, छोरी १८ वर्षकी सविना विष्ट, १५ वर्षकी आशा विष्ट र डिलबहादुर विष्टका १९ वर्षकी छोरी शान्ति विष्ट र १० वर्षकी रेखा विष्टको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र बाँस्तोलाले बताउनुभयो । 

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले पहिरोबाट शव निकालेका हुन् । पहिरोले पूरै गाउँ जोखिममा रहेको स्थानीय खेमबहादुर सिंहले बताउनु भयो । घरको तल्लो तलामा रहेका बालबालिकालाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया