उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसङ्घको निर्देशिका

 साउन २२, २०७५ मंगलबार १४:५:३५ | रासस
unn.prixa.net

दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ ।

राष्ट्रसङ्घीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता कार्यक्रम अघि बढाउन लागिएको अधिकारीहरुले बताएका छन् । 

एक वर्षअघि, दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रम र युनिसेफ मार्फत करिब ८० लाख अमेरिकी डलरको पोषणयुक्त खानेकुरा र खोपहरु जस्ता सहायता सामग्री प्रदान गरेको थियो । 

तर उत्तर कोरियाले आणविक परीक्षण समेतका कृयाकलापहरु अघि बढाएसँगै यो कार्यक्रम रोकिएको थियो । खाद्य उत्पादनमा आएको गिरावट र कुपोषणको अवस्थाबाट सङ्कटमा परेको उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउने अमेरिकी प्रस्तावलाई राष्ट्रसङ्घीय सुरक्षा परिषदले मन्जुरी दिएको छ । 

नयाँ निर्देशिका बमोजिम राष्ट्रसङ्घ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना कृयाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद् समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ । 

‘हाम्रो सरकारले ८० लाख अमेरिकी डलर नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ’, नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘अब काममा तीव्र प्रगति हुने अपेक्षा गरिएको छ ।’ 

राष्ट्रसङ्घको नयाँ व्यवस्थाले उत्तर कोरियाका लागि थप मानवीय सहायता जुटाउन सिओललाई पनि बाटो खुलेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया