‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गरिने

 भदौ ४, २०७७ बिहिबार १३:५०:४७ | रासस
unn.prixa.net

काठमाण्डौ – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ ।

अनेसास बाेर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीकाे अध्यक्षतामा अगस्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यकाे काव्य विधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी याे पुरस्कारको स्थापना तथा घोषणा गरेको हो । 

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे जन्मजयन्तीका अवसरमा प्रदान गरिने यो पुरस्कारको राशि दुई हजार अमेरिकी डलर रहेको अनेसास बाेर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ ले जानकारी दिनुभयो । 

यो पुरस्कारकाे सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ ।

यो काव्य पुरस्कार पहिलो पटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया