ट्रम्पले 'अमेरिकालाई लामाे समयसम्म अन्धकारमा राखे' : जाे बाइडन

 भदौ ५, २०७७ शुक्रबार १४:५७:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्नुभएका जो बाइडनले आफ्नो पहिलो सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्नुभएको छ । ट्रम्पले 'देशलाई निकै लामो समयसम्म अन्धकारमा राखेको' बाइडनले बताउनुभएको छ ।  

अमेरिकाका उपराष्ट्रपति भइसक्नु भएका बाइडनले आफ्नो प्रतिद्वन्दी डोनाल्ड ट्रम्पले 'निकै धेरै क्रोध निकै धेरै भय र निकै धेरै विभाजन फैलाएको' बताउनुभयो । 

७७ वर्षीय जो बाइडनको यो भाषणलाई एक लामो राजनीतिक यात्राको शिखर भएको बताइएको छ, जसलाई उहाँले झण्डै पाँच दशकको राजनीतिक अनुभवबाट बनाउनुभएको हो । 

बाइडन अहिलेसम्म सबै जनमत सर्वेक्षणमा ७४ वर्षीय डोनाल्ड ट्रम्प भन्दा निकै अघि देखिनुभएका बाइडन स्पष्ट अग्रतासँगै अमेरिकी चुनावको प्रचारमा उत्रिनुभएको छ । 

तर चुनावमा मत खस्न अझै ७५ दिन बाँकी छ र रिपब्लिकन पार्टीका राष्ट्रपतिसँग अन्तर कम गर्नेको लागि निकै समय छ । 

जाे बाइडनले आफ्नाे गृह नगरमा विलिङ्गटनमा सम्बाेधन गरिरहँदा कार्यक्रम स्थल लगभग खाली थियाे । 

उहाँले भन्नुभयाे, 'म यहाँ अहिले नै भन्न चाहन्छु कि मैले राष्ट्रपति पदकाे चुनाव जितेँ भने सक्ने राम्राे गरेर देखाउँछु । म प्रकाशकाे सहयागी बन्छु, अन्धकारकाे हाेइन ।'

'याे हाम्राे लागि, हामी अमेरिकी नागरिककाे लागि कुनै पनि गलत नगर्ने समय हाे । याे नाेभेम्बरले धेरै कुरा तय गर्नेछ । एकजुट भएर हामी अमेरिकी अन्धकारकाे यात्रा राेक्न सक्छाैँ । हामी डर भन्दामाथि आशा, कल्पना र तथ्यकाे विशेषाधिकारमा निष्पक्षतालाई चुन्नेछाैँ ।' 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया