महाेत्तरीमा काेराेना सङ्क्रमित २ पुरुषकाे ज्यान गयाे

 भदौ ९, २०७७ मंगलबार १९:४९:४१ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महाेत्तरीमा काेराेना भाइरसका सङ्क्रमित दुई जनाकाे ज्यान गएकाे छ ।   

महोत्तरीको मनरा सिस्वा नगरपालिका ५ का ७५ वर्षीय पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे कोभिड–१९ व्यवस्थापन समितिका फोकल पर्सन गिरेन्द्र झाले बताउनुभयाे । 

भदाै ३ गते काेराेना सङ्क्रमण पुष्टि भएका ती पुरुष क्यान्सर रोगीसमेत रहेकाे झाले जानकारी दिनुभयाे । 

त्यसैगरी महोत्तरीको बलवा नगरपालिका ३ का ७७ वर्षीय पुरुषको कोराना सङ्क्रमणबाट ज्यान गएकाे छ । उनकाे जनकपुरकाे प्रादेशिक अस्पतालमा ज्यान गएकाे हाे । 

ती पुरुषमा भदौ ६ गते काेराेना पुष्टि भएकाे झाले जानकारी दिनुभयाे । उनको ढाडमा लामो समयदेखि समस्या रहेको थियो । योसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

प्रदेश २ मा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा २६ महिलासहित एक सय ६४ कोरोना सङ्क्रमित थपिएका छन् । सबैभन्दा धेरै सर्लाहीमा ५० जना, धनुषामा ३८ जना, महोत्तरीमा १७ जना, सिरहामा १५ जना, बारामा १७ जना, रौतहटमा २६ जना र पर्सामा एक जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश २ मा मङ्गलबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या नाै हजार एक सय ८१ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालबाट सात महिलासहित ५६ जना कोरोनामुक्त भएर घर फर्किएकाे सामाजिक विकास मन्त्रालयका चिकित्सक डा. कमलेश यादवले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया