स्याङ्जा : एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गयो,  दुई घाइते

 भदौ १४, २०७७ आइतबार ९:१३:२८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ  । दुई जना घाइते भएका छन् ।

काठमाण्डौमा बिरामी पुर्याएर गर्भवती लिएर फर्किएको बा २ झ ४०११  नम्बरकाे एम्बुलेन्स वालिङ ५ को मझकोटमा बिहान ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट नगरपालिका वडा ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का श्याम पंगेनीको ज्यान गएको छ । दुर्घटनापछि घाइते भएका उनीहरुको उपचारका क्रममा गह्रौं प्राथमिक स्वास्थ्यचौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

घाइते  चापाकोट नगरपालिका ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, त्यही ठाउँकी २८ वर्षीया पवित्रा पोखरेललाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । घाइते पवित्रा गर्भवती रहेको र गाउँमा  सुत्केरी हुनका लागि काठमाण्डौबाट गएको प्रहरीको भनाइ छ । एम्बुलेन्स सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया