ऋण फिर्ता नदिएको भन्दै दलित महिलामाथि कुटपिट

 भदौ १५, २०७७ सोमबार १५:१३:२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको औरहीमा ऋण फिर्ता नदिएको भन्दै एक दलित महिलामाथि रुपमा कुटपिट गरेको छ । औरही नगरपालिका १ औरही बजारकी ६५ वर्षीया महिलालाई पैसा फिर्ता नगरेको भन्दै कुटपिट गरिएको हो ।

सोमबार बिहान ऋण फिर्ता माग्दै घरमा आएका स्थानीय विजय चौधरी, सन्तोष चौधरीलगायतले महिलालाई निर्धात कुटपिट गरेका हुन् । 

पैसा माग्दै आएका चौधरी दाजुभाईले समान्य विवाद भएपछि ती महिलाले लगाएको कपडा च्यातेर कुटपिट गरेको पीडित महिलाकी पतिले बताए । दुई वर्षअघि ती महिलाले विजय चौधरीसँग प्रति बजार एक हजार रुपैयाँ ब्याज दिने शर्तमा ऋण लिएको गुदरी मण्डलले जानकारी दिनुभएकाे छ ।  

पैसा लेनदेनको विषयमा बसेर छलफल गर्न भनिए पनि चौधरी दाजुभाईले शारीरिक रुपमा अशक्त महिलामाथि कुटपिट गरेकाे पीडित पक्षले बताएका छन् । 

घटनापछि पीडित उजुरी दर्ताका लागि प्रहरी चौकी औरही गए पनि उजुरी दर्ता नभएकाे बताइएकाे छ । तर  घटनाको सम्बन्धमा पीडित पक्षबाट उजुरी नआएको महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिनुभएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया