काठमाण्डौमा यातायातदेखि शपिङ मलसम्म सञ्चालन गर्न पाइने, यस्ता छन् मापदण्ड

 भदौ २४, २०७७ बुधबार १९:२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो ।

अब काठमाण्डौमा जोर बिजोरको आधारमा निजी र सार्वजनिक गाडी चलाउन पाइनेछ । १६ सिटभन्दा धेरै क्षमताका गाडीमा आधा क्षमतामा मात्रै यात्रु राख्न पाइनेछ, ट्याक्सीमा बढीमा तीन जना मात्रै राख्न पाइनेछ । मालवाहक गाडीमा भने जोर बिजाेर लागू हुने छैन ।

यस्तै दूध, तरकारी फलफुललगायतका पसल बिहान ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइनेछ । निर्माण सामग्री बेच्ने पसल दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म, होम डेलिभरी सेवा १२ बजेदेखि ७ बजेसम्म, सहकारी संस्था ११ बजेदेखि ३ बजेसम्म खाेल्न पाइनेछ । 

त्यस्तै शपिङ मल, कपडा, जुत्ता तथा कस्मेटिक पसल सोमबार, बुधबार र शनिबार मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

भाँडा, भान्साजन्य र अन्य पसल आइतबार, मङ्गलबार र शुक्रबार मात्रै खोल्न पाइनेछ । फर्निचर र अटो सोमबार र बुधबार खुल्ने छन् । फुटपाथ पसल बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।  

ग्यारेज बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ भने ठूला उद्योगले कामदारलाई उद्योग परिसरमै क्याम्पमा राख्नुपर्नेछ । तर जमघट गर्न पाइने छैन ।

धार्मिक स्थल जस्तै:- मठमन्दिर, गुम्बा, मस्जिद, चर्च खुल्ने छैनन् ।

शैक्षिक संस्था, जिमखाना, खेलकुद, पार्टी प्यालेस, फिल्म हल, पुस्तकालय, सङ्ग्रहालयलगायतका क्षेत्र भने बन्द नै रहने छन् । 

यस्ता छन् शर्तहरु–

  

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Ashish Khanal

    Sept. 9, 2020, 7:40 p.m.

    १२ को परिक्षा कहिले होला त ??

  •  0 Reply

तपाईको प्रतिक्रिया