नेकपाको सचिवालय बैठकअघि मन्त्रिपरिषद् बैठक चल्दै

 असोज ६, २०७७ मंगलबार ११:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मन्त्रिपरिषद् बैठक अहिले चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको हो ।

बैठकले मन्त्रिपरिषद् हेरफेर गर्ने संभावना छ । सत्तारुढ नेकपाको सचिवालय बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । अस्ति आइतबार बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको हो । नेकपाको सचिवालय बैठक दिउँसो साढे १२ बजे बालुवाटारमा बस्ने तय भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

अस्तिको सचिवालय बैठकमा मन्त्रिमण्डलमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि मापदण्डका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया