२४ घण्टामा १ हजार ५१३ जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमितकाे सङ्ख्या २० हजार नाघ्याे

 असोज १३, २०७७ मंगलबार १६:२०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७६ हजार दुई सय ५८ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार पाँच सय १३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १० हजार आठ सय ९२ जनाकाे नमुना परीक्षण गर्दा एक हजार पाँच सय १३ जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा सात सय ३१ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ५५ हजार तीन सय ७१ जना पुगेको छ ।  

अब नेपालमा २० हजार तीन सय ९६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार सात सय ७८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय ९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया