अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल जाँदै

 असोज १७, २०७७ शनिबार ६:१७:५५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिने भएको छ । हिजो दिउँसो कोरोना पुष्टि भएपछि उहाँलाई अस्पताल लगिने भएको हो ।

ह्वाइट हाउसले विज्ञप्ती निकालेर स्वास्थ्य सावधानीको लागि उहाँलाई वाल्टर रीड नेश्नल मिलिट्री मेडिकल सेन्टरमा लैजाने तयारी गरिएको जानकारी दिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका ट्रम्पमा लक्षण देखिन थालेको छ ।

उहाँलाई हल्का ज्वरो आउँनुका साथै थकान पनि धेरै महसुस हुन थालेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँले दोस्रो कार्यकालको लागि राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने तय भएको छ ।

अब उहाँले केही दिन डाक्टरको सल्लाह अनुसार सावधानी अपनाएर अस्पतालबाट नै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ । आफ्नी ३१ वर्षीया सल्लाहकार होप हिक्सलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीकै रिपोर्ट पोजेटिभ आएको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया