रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रु सडक झण्डै तीन महिनापछि खुल्यो

 असोज २२, २०७७ बिहिबार ९:२९:२६ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रु सडक झण्डै तीन महिनापछि खुलेको छ ।

वर्षाको कारण सडकखण्डको ठाउँ-ठाउँमा पहिरो गएपछि गएको असार मसान्तदेखि सडक बन्द थियो । प्राविधिकरुपमा जोखिम भएकाले वर्षा सिजन सकिएपछि मात्रै सडक सञ्चालन ल्याइएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी सडक योजनाले जनाएको छ । सडक खुलेसँगै गाडी चल्न थालेका छन् ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने काम सकिएको थियो । नेपाल, चीन र भारत त्रिदेशीय व्यापार सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो । 

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्नुपरेको कारण निर्माणको काम पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया