साथीको नामबाट परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

 साउन २६, २०७५ शनिबार १८:८:४१ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – साथीको नामबाट परीक्षा दिने एक नक्कली विद्यार्थीलाई प्रहरीले नीलकण्ठ मावि परीक्षाकेन्द्रबाट शनिबार पक्राउ गरेको छ । 

जनकल्याण माविबाट माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) मा सहभागी हुनुपर्ने मिलन घिमिरेको स्थानमा गल्छी गाउँपालिका वडा न.–४ बेल्खुका १७ वर्षीय विक्रम गुरुङले परक्षा दिइरहेको भेटिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो ।

सिम्बल नम्बर ०२६०१४२३ ‘एस’ का घिमिरेको स्थानमा ०२६१४०३ ‘वाइ’ सिम्बोल नम्बरका गुरुङले परीक्षा दिएका थिए ।

दुवैजना एउटै विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएकोले ढाँटेर परीक्षा दिइरहेको अवस्थामा केन्द्राध्यक्ष विष्णु सिलवालले थाहा पाएपछि प्रहरीलाई लिखित उजुरी गरी गुरुङलाई पक्राउ गरिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया