करेन्ट लागेर एकजनाको ज्यान गयो

 साउन २७, २०७५ आइतबार १४:११:१७ | उज्यालो सहकर्मी

डोटी – डोटीको बोगटान गाउँपालिका–४, सात्फरीस्थित जजला गाउँमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा जजला गाउँका ५६ वर्षका खडकसिंह बम रहेका छन् । गाउँ नजिकैको बाटोमा लत्रिएको विद्युतको तार छुँदा उहाँलाई करेन्ट लागेको स्थानीय खडक बोहराले बताउनुभयो ।

करेन्ट लागेर ज्यान गुमाएका बमको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याउँदै गरेको प्रहरीले जनाएको छ । गएको दुई महिनाको अवधिमा डोटीमा करेन्ट लागेर ६ जनाको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया